काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गएको भदौ २३ र २४ गते भएका घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ ।
आन्दोलनमा भएको मानव अधिकार हनन र दमनका विषयमा छानबिन गरिरहेको आयोगले आज तत्कालीन प्रधानमन्त्री ओलीसँग बयान लिएको हो ।
आयोगले यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित एक सय ४६ जनासँग बयान लिइसकेको छ ।


प्रतिक्रिया