जुम्ला । नेकपा (एमाले) जुम्लाका अध्यक्ष शान्तिलाल महतको नाम फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकल रूपमा सिफारिस गरिएको छ ।
पार्टीको जिल्ला कमिटीको हालै सम्पन्न बैठकले महतलाई प्रतिनिधिसभा सदस्यका लागि उपयुक्त उम्मेदवार ठहर गर्दै सर्वसम्मत रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो ।
पार्टी स्रोतका अनुसार संगठन निर्माणमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका महतले जिल्लाको राजनीतिक, सामाजिक तथा विकासको मुद्दामा निरन्तर योगदान गर्दैआएको मूल्याङ्कनको आधारमा उहाँको नाम अघि सारिएको हो ।


प्रतिक्रिया