विशेष महाधिवेशनको औचित्य सकिएको देउवा पक्षकाे निष्कर्ष

विशेष महाधिवेशनको औचित्य सकिएको देउवा पक्षकाे निष्कर्ष

महाधिवेशन प्रतिनिधिहरुलाई काठमाडौं नआउन र निर्वाचनमा होमिन सबैलाई आह्रान



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बोलाएको बैठक सकिएको छ । उनकै निवास महाराजगञ्जमा बसेको बैठकमा पार्टीभित्रको विवादका विषयमा छलफल भएकाे थियाे ।

छलफलकाे क्रममा विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष निकाल्दै महाधिवेशन प्रतिनिधिहरुलाई काठमाडौं नआउन अपील गर्ने निर्णय भएको नेता विमलेन्द्र निधिले जानकारी दिए ।

देउवाको भनाइ उदृत गर्दै निधिले भने,‘अब यो विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको छ । देशभरिबाट सबै महाधिवेशन प्रतिनिधि साथीहरुलाई यहाँ आउनुपर्ने जरुरी छैन ।’

देउवाले महाधिवेशन नहुने भएपछि निर्वाचनमा होमिन सबैलाई आह्रान गरेका छन् ।