तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो

तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो



काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।