काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको ब्रिफिङ गरेका छन् ।
‘देशमा तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन । एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफैँ निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको छ’ ओलीले भने ।
च्यासलमा जारी सचिवालय बैठकमा बोल्दै ओलीले देशको वर्तमान राजनीतिक परिस्थितिबारे गम्भीर चिन्ता व्यक्त गरे । उनले देशमा तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको बताए ।
उनले भने, ‘सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद् पुनर्स्थापना हुन नदिने कार्यमा दबाब दिँइँदैछ । यसले लोकतान्त्रिक मूल्य-मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ ।’


प्रतिक्रिया