एमालेले बनायो ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति

एमालेले बनायो ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति

राष्ट्रियसभाको ७ सीटमा दाबी



काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले ७ सदस्यीय घोषणापत्र मस्यौदा समिति बनाएको हो ।

सदस्यमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाललाई मस्यौदा समिति सदस्य छन् ।

राष्ट्रियसभाको ७ सीटमा एमालेको दाबी

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्दा ७ सीट दाबी गरेको छ ।

सचिवालय बैठकपछि कांग्रेस र नेकपासँगको छलफलमा आफूहरूले हरेक प्रदेशमा एकजना पर्ने गरी ७ सीट माग गरेको उपमहासचिव लेखराज भट्टले बताए ।

उनले अहिलेसम्म कुनै टुंगो नलागेको भन्दै अध्यक्षले कांग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले अध्यक्षलाई नै दिएको बताए ।

राष्ट्रियसभामा मिलेर जाने भन्नेबारे सहमति भएपनि प्रतिनिधि सभाबारे अहिलेसम्म कुनै छलफल नभएको बताए ।