विशेष महाधिवेशन पक्षधरले घेरे कांग्रेस केन्द्रीय कार्यालय, नेताहरू अर्कै गेटबाट छिरे

विशेष महाधिवेशन पक्षधरले घेरे कांग्रेस केन्द्रीय कार्यालय, नेताहरू अर्कै गेटबाट छिरे



काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालयबाहिर विशेष महाधिवेशन को माग गर्दै आएका पक्षधरहरूले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन् ।

प्रदर्शनरत कार्यकर्ताले पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नाराबाजीसमेत गरेका छन् । यस क्रममा केही नेतासँग प्रदर्शनरत कार्यकर्ताको बाझाबाझ समेत भएको छ ।

मंगलबार (पुस २२) का लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरिरहेका छन् ।

पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र छ ।