काठमाडौं । नेकपा (एमाले) को प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन हुनु भएको छ। पार्टीको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।
कालिकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभूमिबाट एमाले राजनीतिको मुलधारमा प्रवेश गरेका हुन् । शाही सामुदायिक सूचना नेटवर्कको संस्थापक, सामुदायिक रेडियो प्रशारक सङ्घ (अकोर्याब) को दुई कार्यकाल अध्यक्ष भएका थिए ।
शाही सामुदायिक रेडियो विश्व सङ्गठनको सहअध्यक्ष हुन् । २०७४ सालमा उनी राष्ट्रिय योजना आयोगको सदस्य थिए । शाही यसअघि मानव अधिकार एलायन्सको अध्यक्ष थिए । शाही ११ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य चयन भएका हुन् ।


प्रतिक्रिया