सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा

सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा



विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सुनसरी १ बाटै उमेद्वार बन्ने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश ।’

उनी २०७९ को निर्वाचनमा धरान उपमहानगरको मेयरमा निर्वाचित भएका थिए । निर्दलीय उम्मेदवार बनेका साम्पाङ मेयरमा निर्वाचित भएपछि उनले आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी दर्ता गराएका छन् । यसअघि सुनसरी १ बाट अशोक राई निर्वाचित भएका थिए । उनी एमाले जसपा गठबन्धनबाट विजयी भएका थिए ।