कोशीमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवारको मनोनयन दर्ता

कोशीमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवारको मनोनयन दर्ता



विराटनगर । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनले कोशीमा राष्ट्रिय सभाको निर्वाचनमा मनोनयन दर्ता गराएको छ ।

गठबन्धनले कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे, दलितमा सोम पोर्तेल र खुल्लामा सुनिल थापालाई उमेद्वारको रुपमा अघि सारेको हो । सुनिल थापाको समर्थक रेगिना भट्टराई र प्रस्तावक उद्वव थापा रहेका छन । रोशनी मेचेको सिर्जना राई समर्थक र शोभा चेम्जोङ प्रस्तावकमा रहेका छन् ।

यस्तै, पोर्तेलको प्रस्तावक छबि चुडाल र समर्थक एकराज कार्की रहेका छन । कोशीमा ३ जना राष्ट्रीय सभा सदस्यका लागि निर्वाचन हुदैछ । सो अनुसार एमालेले २ र काङग्रेसले एक जना उमेद्वार बाडफाड गरेका छन ।