काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् ।
महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार प्रसार उपसमितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो ।
महाधिवेशन पक्षधररूको तर्फबाट सुवास पोखरेलले पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् ।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का अहिलेसम्म विशेष महाधिवेशन पक्षमा छैनन् ।
पुस १८ को केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा वैशाख मसान्तमा १५ औं महाधिवेशन तोकेको थियो ।
त्यसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राखेका थिए ।


प्रतिक्रिया