रुकुम पश्चिम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुकुमपश्चिमबाट जनार्दन शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बुधबार मुसीकोट नगरपालिका १ मा रहेको पार्टी कार्यालयमा बसेको जिल्ला कमिटीको बैठकले शर्मालाई उम्मेदवारका लागि एकल सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला संयोजक गोर्खबहादुर केसी ‘सन्देश’ले जानकारी दिए ।
२०६४ साल पछिका सबै निर्वाचनमा साविक माओवादीबाट लगातार जित्दै आएका शर्माले प्रलोपाको संरक्षक रहेर पार्टी गठन गर्नुभएको थियो।पछिल्लो समय माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न दलले एकता गरेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेपछि शर्माले एकता प्रक्रियामा नगएर प्रलोपा गठन गरेका थिए ।


प्रतिक्रिया