एमाले ओखलढुङ्गाबाट पोखरेलसहित पाँच जना सिफारिस

एमाले ओखलढुङ्गाबाट पोखरेलसहित पाँच जना सिफारिस



ओखलढुङ्गा । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुङ्गाबाट नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित पाँच जनाको नाम उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरेको छ ।

नेकपा (एमाले) ओखलढुङ्गा जिल्ला कमिटीको सातौँ विस्तारित बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो नम्बरमा नेता पोखरेललाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले दोस्रो नम्बरमा पूर्व प्रदेश मन्त्री अम्बिरबाबु गुरुङ, तेस्रो नम्बरमा केन्द्रीय कमिटी सदस्य तथा संविधानसभा सदस्य यज्ञराज सुनुवारलाई सिफारिस गरेको छ । त्यस्तै, प्रदेश कमिटी सदस्य नानीबाबु बुढाथोकी र जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का (जिबी) लाई पनि उम्मेदवारको रूपमा सिफारिस गरिएको नेकपा (एमाले) ओखलढुङ्गा प्रचार विभाग प्रमुख राजीव कटवालले जानकारी दिए ।

एमाले नेता कार्यकर्ताका अनुसार पोखरेलको नाम पहिलो नम्बरमा सिफारिस भए पनि अम्बिरबाबु गुरुङ र यज्ञराज सुनुवारबिच टिकटका लागि प्रतिस्पर्धा हुने आँकलन छ । गुरुङ पोखरेल र सुनुवार अध्यक्ष केपी ओली पक्षका नेता हुन् ।