काठमाडौं । नेकपा माओवादी केन्द्रबाट जितेका मधेश प्रदेश सांसद रहबर अन्सारी पार्टी छाडेका छन् । नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा पत्रमा भनिएको छ, ‘साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु ।’
प्रचण्डले केही दिनअघि नेकपा एकता सन्देशसभामा गाएको ‘इन्कलाब’ गीतका हरफ सम्झाउँदै रहबरले राजीनामा पत्र पठाएका हुन् । उनी साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य हुन् ।



प्रतिक्रिया