काठमाडौं । नेपाली कांग्रेसको बारा जिल्ला कार्यसमितिले पुस २७ र २८ गते हुने विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेको छ ।
कांग्रेस बाराका सचिवद्वय राजेश रौनियार र भैयाराम यादवले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सहभागिताले पार्टीको भविष्य र मुलुकको दिशानिर्देशसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले अनिवार्य उपस्थितिका लागि आग्रह गरेका छन् ।
जनताको आवाज र वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै अझ बढी एकताबद्ध, नवीन ऊर्जा सहितको कांग्रेस निर्माण गर्नु नै विशेष महाधिवेशनको मुख्य उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया