काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले अहिलेको संकटबाट पार्टीलाई बाहिर निकाल्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले संवाद र सहमतिबाट मतभेद अन्त्य गर्नुपर्ने बताएका हुन् ।
‘निषेध, नियन्त्रण, अस्वीकार वा बहिष्कार होइन, विधि विधानका धाराको सहाराले मात्र पनि होइन, मन मस्तिष्क, भावना, बुद्धि र विवेकको ऊच्चतम अभ्यासबाट छलफल, संवाद, सहमति र स्वीकारको नीति अवलम्बन गर्दै यो संकटबाट पार्टीलाई अविलम्ब बाहिर निकाल्न पार्टीका शीर्ष नेतृत्व एवं सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।
साथै उनले मुलुक राजनीतिक अस्थिरता र अराजकताको भूमरीमा फसेको बेला ठूलो लोकतान्त्रिक पार्टी कांग्रेस पनि आन्तरिक मतभेद र विवादका कारण संकटमा परेको उल्लेख गरेका छन् । ‘यो अवस्था देश र कांग्रेस दुवैका लागि हितकर छैन र हुँदैन,’ उनले भनेका छन् ।


प्रतिक्रिया