कुलमान घिसिङ उज्यालो नेपाल पार्टीकाे अध्यक्षमा अनुमोदन

कुलमान घिसिङ उज्यालो नेपाल पार्टीकाे अध्यक्षमा अनुमोदन

चिम चुनाव चिन्ह् लिएर चुनावमा जाने



काठमाडौं । उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँगको सहमति भङ्ग भएको घोषणा गर्दै अध्यक्षमा कुलमान घिसिङलाई अनुमोदन गरेको छ ।

यस अघि रास्वपासँगको सहमति तोडिएको भन्दै घिसिङलाई अध्यक्षमा नियुक्त गरेको पार्टीले लगत्तै केन्द्रीय समितिको आकस्मिक बैठक बसेर घिसिङलाई अध्यक्षमा अनुमोदन गरेको हो ।

बैकठले निवर्तमान अध्यक्ष अनुपकुमार उपाध्यायले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा स्वीकृत पनि गरेको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले अब आफूहरु चिम चुनाव चिह्नमा भाग लिने बताए । घिसिङल रास्वपाले एकपक्षीय रूपमा सहमति तोडेको दाबी पनि गरे ।