काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार सुरु हुँदै छ । आज सुरु हुने महाधिवेशनका लगि अहिले बिहान ८ बजेदेखि नाम दर्ता सुरु हुनेछ ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार आज बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता हुनेछ । कार्यक्रमस्तर भृकुटीमण्डप, मूल गेटसँगैको स्टलहरूबाट नाम दर्ता हुने उनले जानकारी दिएका छन् ।
नाम दर्ताका लागि परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क १ हजार साथमा लिएर आउन पनि आचार्यले आग्रह गरेका छन् ।


प्रतिक्रिया