राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा आइतबार बिहान माल्यार्पण गरेका छन् ।

राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्नुहुँदा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्षलगायतको उपस्थिति थियो ।