देउवालाई शीतलनिवास बोलाएर राष्ट्रपतिले भने– कांग्रेस फुट्न नदिनू

देउवालाई शीतलनिवास बोलाएर राष्ट्रपतिले भने– कांग्रेस फुट्न नदिनू



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई शीतलनिवासमा बोलाएर पार्टी विभाजन रोक्न अनुरोध गरेका छन् ।

शनिबार सभापति देउवालाई शीतलनिवासमा बोलाएर राष्ट्रपतिले यस्तो अनुरोध गरेको देउवा निकट एक नेताले जानकारी दिए ।

विशेष महाधिवेशन पक्षधरहरुलाई मिलाएर लैजान राष्ट्रपति पौडेलले अनुरोध गरेका थिए । जवाफमा सभापति देउवाले मैले नेतृत्व छाडिसकेँ कसरी मिलाउनू ? मैले सबै जिम्मा लगाएको छु भनेकाे ति नेताले बताए ।

दुईजना बीच करिब एक घण्टा बढी छलफल भएको थियो ।