काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भृकुटीमण्डपस्थित विशेष महाधिवेशन स्थल पुगेका छन् । उनीहरुले दोस्रो विशेष महाधिवेशनको उद्घाटन गरेका छन् ।
बिहान ११ बजेदेखि काठमाडौंका विभिन्न ठाउँबाट निस्किएका झाकी सहितका र्यालीहरू भृकुटीमण्डमा प्रवेश गरिरहेका छन् ।
विशेष महाधिवेशन स्थलमा पूर्वसभामुख तारानाथ रानाभाट पनि पुगेका छन् । त्यसैगरी कांग्रेस केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी र सुनिल शर्मा पनि विशेष महाधिवेशनको उद्घाटनमा पुगेका छन् ।


प्रतिक्रिया