काठमाडौं । नेपाली कांग्रेसको दोस्रो महाधिवेशनमा आइतबार पौने ३ बजेसम्म १७ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराएका छन् ।
कांग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । नाम दर्ता गराउने क्रम जारी रहेकाले उक्त सङ्ख्या बढ्ने महाधिवेशन आयोजक कमिटीले जनाएको छ ।
महाधिवेशनमा कांग्रेसका ७० प्रतिशत बढी प्रतिनिधि सहभागी भएको नेताहरूले बताएका छन् । महाधिवेशनमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला लगायतका नेताहरू भने सहभागी भएका छैनन् ।


प्रतिक्रिया