कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

विशेष महाधिवेशनको बन्दसत्र बिहान ९ बजेबाट सुरु



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिलाई बोलाइएको छ ।

त्यसैगरी कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र बिहान ९ बजेबाट सुरु हुँदै छ । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार सोमबार स्थगित बन्दसत्र बिहान ९ बजेबाट पुनः सुरु हुन लागेको हो ।

उनले केन्द्रीय समितिले विशेष महाधिवेशनको ओनरसिप नलिए नेतृत्व परिवर्तनको कार्यविधि पारित भइसकेकाले त्यसै अनुरुप अघि बढ्ने जानकारी दिए ।