काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूूचीबाट १६४ जनाले उमेदवारी फिर्ता लिएका छन् । सोमबार अबेरसम्म १६४ जनाले उमेदवारी फिर्ताका निम्ति आयोगमा निवेदन दिएका हुन् ।
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेमा उन्नत लोकतान्त्रिक पार्टीका दुई, गतिशील लोकतान्त्रिक पार्टीका एक, जनता समाजवादी पार्टी (जसपा), नेपालका २१, जनमत पार्टीका २० जना छन् ।
नागरिक उन्मुक्ति पार्टीका एक, नेकपा (एमाले)का पाँच, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का चार, नेपाल जनता पार्टीका एक, नेपाली कम्युनिस्ट पार्टीका दुई, नेपाली कांग्रेसका दुई उमेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् ।
यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका एक, राष्ट्र निर्माण दलका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ७८, संघीय लोकतान्त्रिक पार्टी र संयुक्त पार्टीका एक/एकजनाले उमेदवारी फिर्ता लिएका छन् ।


प्रतिक्रिया