कांग्रेस विशेष महाधिवेशन : सभापतिमा लड्न ३० हजार

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा लड्न ३० हजार



काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशमा पार्टीको सभापति पदमामा उमेदवारी दिनका लागि ३० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

निर्वाचन समितिले सभापतिदेखि केन्द्रीय सदस्य पदका लागि दस्तुर तय गरेको हो । निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार तथा केन्द्रीय सदस्य पदका लागि १० हजार शुल्क तोकिएको छ ।