रास्वपाबाट रोल्पामा बालराम थापा प्रतिनिधिसभा उम्मेदवार सिफारिस

रास्वपाबाट रोल्पामा बालराम थापा प्रतिनिधिसभा उम्मेदवार सिफारिस



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पा जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि बालराम थापालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

पार्टीका जिल्ला उपसभापति रहेका थापालाई एकल रूपमा सिफारिस गरिएको जिल्ला अध्यक्ष रेसम थापाले जानकारी दिए । लगातार माओवादी केन्द्रले जित्दै आएको रोल्पामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ ।

जिल्ला अध्यक्ष थापाका अनुसार अन्य दलका उम्मेदवारलाई टक्कर दिन सक्ने क्षमता र हैसियत भएकाले उपसभापति थापालाई उम्मेदवार बनाउने निर्णय गरिएको हो ।

एकल सिफारिस भएका थापाको स्थायी घर रोल्पाको सुनिल स्मृति गाउँपालिका हो । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । थापा पूर्वाधार विज्ञ तथा युवा व्यवसायीसमेत हुन् ।