काठमाडौं । सार्वजनिक सम्पत्ति हानि/नोक्सानी पुर्याइ भ्रष्टाचार गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका तत्कालीन प्रमुख राजीवकुमार सिंहसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसहित तत्कालीन सहायक लेखा अधिकृत लोकप्रसाद काफ्ले, काठमाण्डौको कान्तिपुर सेक्युरिटी सर्भिसका सुरक्षागार्ड रामकुमार कार्की र हेम शर्मा रिमालविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।
उनीहरूले नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रको कोत्रे पोल प्लान्टमा रहेको स्टोरबाट नौ सय मिटरभन्दा धेरै तामाको तार हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले उनीहरूविरुद्ध जनही १३ लाख ९३ हजार ६ सय ३ रुपैयाँ ३ पैसा बिगो मागदाबी गरेको छ ।


प्रतिक्रिया