काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । बुधबार बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।
भृकुटीमण्डपको कांग्रेस विशेष महाधिवेशन नेतृत्व चयनमा अघि बढेपछि संस्थापन पक्षले मंगलबार बिहान ११ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको थियो ।
विशेष महाधिवेशन पक्षसँग संवाद अघि बढेपछि बिहान बस्ने तय भएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो ।
लाजिम्पाटको एक घरमा विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच बैठक लम्बिएपछि दिउँसो १ बजे पनि बैठक बस्न सकेन ।
बेलुकी अबेर केही बेर मात्रै बसेर बैठक बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो । विशेष महाधिवेशन पक्षले बैठकमा सहभागी नहुने जनाइसकेको छ ।
मंगलबार केहीबेर बसेको बैठकले ठोस निर्णय नगरे पनि नियमित महाधिवेशन मार्फत नै नेतृत्व चयन गरी अघि बढ्नुपर्नेबारे छलफल भएको थियो ।


प्रतिक्रिया