कांग्रेस विभाजन रोक्न विश्वप्रकाशको नयाँ प्रस्ताव

कांग्रेस विभाजन रोक्न विश्वप्रकाशको नयाँ प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसको विभाजन रोक्ने प्रयासस्वरूप कांग्रेसमा नयाँ बाटोको खोजी भइरहेको भएको छ । विशेष महाधिवेशनपक्षधर नेतृत्व चयन र संस्थापनपक्ष केन्द्रीय समितिको बैठकमा लागिरहेका बेला महामन्त्री विश्वप्रकाश शर्माले नयाँ प्रस्ताव ल्याएका हुन् ।

केन्द्रीय कार्यालयमा केन्द्रीय सदस्य मोहन बस्नेतले महामन्त्रीबाट नयाँ प्रस्ताव आएको जानकारी दिए ।

‘महामन्त्री विशवप्रकाश शर्माले महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाउँ भन्ने प्रस्ताव अगाडि सार्नुभएको छ,’ बस्नेतले भने, ‘कार्यवाहक सभापतिसँगको यो संवादपछि उसो भए केन्द्रीय समितिमै आएर कुरा राख्नुस् छलफल गर्न सकिन्छ भन्ने कुरा भएको छ ।’

विभाजनमा जान नदिन अन्तिम प्रयासस्वरूप भृकुटीमण्डपमा निर्वाचन कार्यक्रम ढिलाइ गरिएको छ । सानेपामा केन्द्रीय समितिको बैठक पनि सारिँदै आएको छ ।