काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशनको लागि नयाँ कार्यतालिका ल्याउने भएको छ ।
१८ पुस को कार्यसम्पादन समितिको बैठकमा आगामी वैशाखमा १५ औं महाधिवेशनका लागि नया कार्यतालिका ल्याउने गरी भएको निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन भएको हो ।
आज बुधबार पार्टी कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नियमित महाधिवेशनको तालिका ल्याउने प्रस्ताव अनुमोदन गरेको नेताहरूले जानकारी दिएका छन् ।


प्रतिक्रिया