काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेता रमेश लेखकले दुईतिहाइ मतबिना सभापतिलाई हटाउन नसक्ने बताएका छन् । देउवानिकटका नेता लेखकले सभापति हटाउन दुईतिहाइ मत अनिवार्य रहेको दाबी गरे ।
‘विशेष महाधिवेशन पक्षधरले ५६ प्रतिशत मत पुर्याएको समाचार मैले पनि पढ्न पाएँ । तर, ५६ प्रतिशत मतले सभापति हटाउन सकिँदैन । ६६ प्रतिशत अर्थात् दुईतिहाइ मत आवश्यक पर्छ’, लेखकले भने, ‘सभापतिले राजीनामा गरेको अवस्थामा बहुमत भए पुग्ने हो । तर, एउटा सभापति नहटाई कसरी अर्को सभापति चयन गर्नुहुन्छ ?’
दुई अलग–अलग व्याख्या भइरहेको भन्दै उनले सहजै बहुमतले हटाउने स्थिति नरहेको दाबी गरेका हुन् ।


प्रतिक्रिया