काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट विभिन्न निर्णय गरिएको छ ।
बिहीबार ललितपुरको कुपण्डोलमा बसेको केन्द्रीय समितिको बैठकबाट शेरबहादुर देउवाको ठाउँमा नवनिर्वाचित सभापति गगन थापाको हस्ताक्षर राख्ने निर्णय गरिएको छ ।
बैठकबाट सभापति थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गरिएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
त्यसैगरी, प्रवक्तामा देवराज चालिसे नियुक्त गरिएकाे छ । देशभरबाट आएका महाधिवेशन प्रतिनिधि र सहयोगमा जुटेका नेता–कार्यकर्ता सबैलाई धन्यवाद दिने प्रस्ताव बैठक पारित गरिएको छ ।


प्रतिक्रिया