काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसको पहिलो बैठकका निर्णय र पार्टी विवरण अध्यावधिक गर्नका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन् । सभापति थापासँगै उपसभापति विश्वप्रकाश शर्मा पनि छन् ।
पार्टीको आधिकारिक निर्णय र पत्रहरूमा शेरबहादुर देउवाको हटाएर सभापति गगन थापाको हस्ताक्षर राख्ने निर्णय पनि केन्द्रीय समिति बैठकबाट भएको छ । उक्त निर्णयको जानकारी पनि निर्वाचन आयोगलाई दिइनेछ ।
पहिलो केन्द्रीय समितिको बैठकले देवराज चालिसेलाई प्रवक्ता तोकेको छ । प्रवक्ता चालिसेले बैठकको निर्णय सुनाउँदै आवश्यक विवरण अध्यावधिक गराउने तयारी भएको बताएका हुन् ।
उता शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले भने पार्टीको कुनै विशेष महाधिवेशन नभएको भन्दै आयोगलाई नै पत्र पठाइसकेको छ । अहिले कांग्रेसमा आधिकारिकताको विवाद बढिरहेको छ ।


प्रतिक्रिया