काठमाडौं । काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागु हुनेगरी राजीनामा दिएको बताएका छन् ।
उनी फागुन २१ मा हुने आम निर्वाचनमा काठमाडौं–४ बाट चुनावी प्रतिष्पर्धामा होमिने तयारी गरेका छन् । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई पाण्डेले आज राजीनामा बुझाएका हुन् ।


प्रतिक्रिया