काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री गुरूराज घिमिरेले ७ बुँदे ध्यानाकर्षण सार्वजनिक गरेका छन् ।
संस्थापन पक्ष अर्थात् शेरबहादुर देउवा पक्षधर आधिकारिकता दाबीसहित निर्वाचन आयोग पुगेपछि गगन थापा पक्षले विमति जनाएको छ । संस्थापन पक्षले राजनीतिक प्रोपोगान्डा गरेको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको टिप्पणी छ ।
नेता घिमिरेले विशेष महाधिवेशन आयोजनाका लागि निवेदनमा हस्ताक्षर गरेका सम्पूर्ण प्रतिनिधिमध्ये जम्मा २९ जना महाधिवेशन सदस्यले मात्र फिर्ता लिएको अभिलेख रहेको दाबी गरेका छन् ।
उनले सार्वजनिक गरेको बुँदामा विशेष महाधिवेशनको माग गर्दा २ हजार ४ सय ८८ जना महाधिवेशन सदस्यको सङ्ख्या रहेको जुन सम्पूर्ण सदस्य सङ्ख्या ४ हजार ६ सय ३५ को ५४ दशमलव ५८ प्रतिशत रहेकोमा महाधिवेशनमा सहभागी सङ्ख्या २ हजार ६ सय ५२ अर्थात् ५७ दशमलव २१ प्रतिशत रहेको जानकारी गराएका छन् ।
तर संस्थापन पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भनिएका ८ सय ८५ जना हस्ताक्षरकर्ताले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको दाबी गरेका छन् ।


प्रतिक्रिया