चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको फुटका कारण आउँदो चुनावलाई कुनै असर नपर्ने दाबी गरेका छन् ।
चितवनको भरतपुरमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै प्रचण्डले कांग्रेसको विभाजनपछि चुनाव के होला ? भन्ने प्रश्न उठिरहेको र यसले चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताए । सबै पार्टी चुनावमा नै केन्द्रित भएकाले तोकिएको मितिमै चुनाव सम्पन्न हुनेमा ढुक्क रहन उनले आग्रह गरे ।
संयाेजक प्रचण्डले अहिलेको अवस्थामा चुनावबाहेक अरू कुनै विकल्प नभएको र सार्ने या अन्य विकल्पमा जानेतर्फ कदम चालिए अर्को दुर्घटनाको जोखिम रहेको चेतावनी दिए । भरतपुर महानगरको ६ तले प्रशासकीय भवन ५३ करोड ३२ लाख रुपैयाँ लागतमा निर्माण भएकाे हाे ।


प्रतिक्रिया