कार्यकाल पूरा नहुँदै राजीनामा दिएर उम्मेदवार बन्नु गलत : विद्या भट्टराई

कार्यकाल पूरा नहुँदै राजीनामा दिएर उम्मेदवार बन्नु गलत : विद्या भट्टराई



काठमाडौं । पूर्व शिक्षामन्त्री तथा एमाले नेता विद्या भट्टराइले स्थानीय तहका जनप्रतिनिधिले कार्यकाल पूरा नगरी राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बन्नु लोकतान्त्रिक मुल्य मान्यता विपरीत भएको बताएकी छन् ।

प्रतिनिधिसभा सदस्यले ५ वर्षका लागि शपथ लिए पनि कार्यकाल पूरा गर्न नपाएको भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सुरक्षित भएको बताएकी छिन् । लोकतन्त्र नारामा मात्र नभई व्यवहारमा पनि प्रस्तुत गर्ने सोच विकास गर्नुपर्ने उनले बताइन् ।

‘प्रतिनिधिसभाका सदस्यहरुले ५ वर्षका लागि शपथ लिए पनि कार्यकाल पूरा गर्न पाएनन्। स्थानीय तह त ५ वर्षका लागि सुरक्षित छ नि,’ उनले सााजिक सञ्जालमा भनेकी छिन्, ‘आफ्नो कार्यकाल पूरा नहुँदै धमाधम राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवारी दिनु लोकतान्त्रिक मुल्य, विधि र मान्यता विपरीत होइन र ? लोकतन्त्र नारा मात्र होइन, व्यवहार पनि हो र त्यो व्यवहार आफैबाट प्रस्तुत गर्नुपर्दछ भन्ने सोच सबैले विकास गरौं ।’

स्थानीय तहका जनप्रतिनिधिले धमाधाम राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न थालेपछि उनले उक्त प्रतिक्रिया दिएकी हुन् ।