काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेला काठमाडौंको बत्तिसपुतलीमा बसेको छ ।
भेलामा नेता शेखर कोइराला, धनराज गुरूङ, जीवन परियार, बलबहादुर केसी, गोविन्दराज पोखरेल, रामकृष्ण यादव, दीपक गिरी, डिगबहादुर लिम्बु, दिनेश कोइरालालगायत पनि उपस्थित छन् ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष यसको विरोधमा सर्वोच्च अदालतमा रिट लिएर पुगेको छ ।
पार्टीलाई एकताबद्ध राख्न र चुनावमा भाग लिन कोइराला पक्षका नेताहरूले नेता शेखरलाई पनि आग्रह गरिरहेका छन् ।


प्रतिक्रिया