सिंहदरबार जलाउनेको हिसाब गर्छौं : महेश बस्नेत

सिंहदरबार जलाउनेको हिसाब गर्छौं : महेश बस्नेत



काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले गएको भदौ २४ गते सिंहदरबारसहितका संरचना जलाउनेहरूको हिसाबकिताब हुने बताएका छन् ।

आइतबार काठमाडौंमा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको सभामा बस्नेतले चुनावपछि हिसाबकिताब हुने बताए । ‘देश जलाउने लुसिफरहरू, दलालहरू हामीले चिनिसक्यौँ । यसको हिसाबकिताब चुनावमार्फत हुन्छ,’ उनले भने ।

उनले चुनावपछि एमालेको प्रधानमन्त्री पार्टी अध्यक्ष केपी शर्मा ओली बन्ने दाबी गरे । आफू गृहमन्त्री बन्ने बताए ।

‘चुनावपछि एमालेको सरकार बन्छ । प्रधानमन्त्री केपी ओली बनेपछि गृहमन्त्री को बन्छ भनेर सोध्नुभएको होला,’ हलबाट उनको नाम आउँदा भने, ‘हो, हो । त्यही गृहमन्त्रीले पर्दाफास गर्छ, एक–एक कारबाही गर्छ ।’