काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति धनराज गुरूङले पार्टीका सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
नेता शेखर कोइरालाले काठमाडौंको बत्तिसपुतलीमा आज राखेको भेलामा बोल्दै गुरूङले भने, ‘अहिलेको विषयलाई त्यतिधेरै तिललाई पहाड बनाएर लिनुपर्छ भन्ने होइन । यसलाई सामान्य रूपमा नै ग्रहण गर्नुपर्छ भन्ने मलाई लाग्दछ ।’
उनले नयाँ परिस्थितिमा कांग्रेस मिलेर अघि बढनुपर्ने पनि बताए ।
‘हामी सबैको एउटै कुरा हो मिलेरै अघि बढने हो । कांग्रेस भनेको मैले पटक पटक भन्ने गरेको छु कांग्रेस भनेको एउटा घर हो । एउटा परिवार हौं हामी । त्यसकारणले गर्दा परिवारमा कहिलेकाहीँ झगडा हुन्छ, को अगाडि बस्ने, को पछाडि बन्ने भन्ने सामान्य विषय हो यो,’ उनले भने ।


प्रतिक्रिया