विराटनगर । सुनसरीमा एमालेले उम्मेदवार फेरेको छ । सुनसरी ४ बाट उम्मेदवार बनाइएका जगदीश कुसियैतको टिकट खोसेर कांग्रेस छाडेर भित्रिएका आब्बुल अन्सारीलाई अघि सारिएको छ ।
कांग्रेसबाट टिकटका आकांक्षी आब्बुल उम्मेदवार नहुने देखेपछि आजै एमाले प्रवेश गरेका हुन् ।
जगदीशको क्षेत्र र जिल्लाबाट एकल नाम सिफारिस भएको थियो । एकल नाम सिफारिस हुँदा पनि भर्खरै पार्टी फेरेर आएकालाई उम्मेदवार बनाइएको भन्दै पार्टीमा आन्तरिक असन्तुष्टि बढेको छ ।
एमाले सुनसरीका इन्चार्जसमेत रहेका कुसियैतले आफू कुनै पनि हालतमा ब्याक नहुने बताएका छन् । उनलाई सुनसरी २ मा उठाउने चर्चा छ ।


प्रतिक्रिया