काठमाडौं । नेपाली कांग्रेस सहमतिमै उमेदवार चयनमा जुटेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षसँग यति बेला काठमाडौंको महाराजगन्जमा आफूहरूको बैठक जारी रहेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
अदालतले जे आदेश गर्छ सबैले मानौँ भन्ने समझदारी भएकाे बताइएकाे छ । आज उमेदवार टुंग्याएर सहमतिमै भोलि मनोनयन दर्ता गर्ने तयारी जारी छ ।
पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतमा पुगिसकेकाले त्यहाँको आदेश मानेर जाने समझदारी बनेको उनको भनाइ छ ।


प्रतिक्रिया