कांग्रेसले टुंग्यायाे हिमाली जिल्लाको उम्मेदवार

कांग्रेसले टुंग्यायाे हिमाली जिल्लाको उम्मेदवार



काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा लगभग उम्मेदवार तय गरेको छ । सहमहामन्त्री डिला संग्रौलाले हिमाली जिल्लाहरूमा उम्मेदवार तय गर्ने काम करिब सकिएको जानकारी दिइन् ।

बाँकी जिल्लाहरूमा आज अपराह्न ४ बजे संसदीय बोर्ड बैठक गरेर उम्मेदवार तय गरिने उनले बताइन् । संस्थापन पक्षले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूलाई पनि टिकट दिने गरी छलफल पनि अघि बढाएका छन् ।

चुनाव जित्न सक्ने देउवा पक्षका नेताहरूलाई टिकट दिने संस्थापन पक्षको तयारी छ ।

सहमतिमै उमेदवार चयन गर्न निवर्तमान सभापति देउवा र नेता शेखर कोइराला पक्षसँग पनि काठमाडौंको महाराजगन्जमा बैठक जारी रहेको पनि बताइएकाे छ ।