रवि लामिछानेद्वारा चितवन २ मा वारेसमार्फत उम्मेदवारी दर्ता

रवि लामिछानेद्वारा चितवन २ मा वारेसमार्फत उम्मेदवारी दर्ता



काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य चुनावका लागि चितवन क्षेत्र नम्बर २ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।

लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतमा रहेकाले उहाँले वारेसमार्फत निर्वाचन अधिकृतको कार्यालयमा मनाेनयन दर्ता गराएका हुन् ।

उनले रास्वपाको भरतपुर महानगर संयोजक सीता ज्ञवालीलाई आफ्नो वारेस दिइ उमेदवारी दर्ता गराएका हुन् । लामिछानेसँग आज अदालतले एक कराेड रुपैयाँ धराैटी माग गरेकाे थियाे ।

लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी दर्ता गराएको जिल्ला सभापति भुसालले जानकारी दिए । रवि लामिछाने तेस्राे पटक चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका हुन् ।