झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा रास्वपाका वरिष्ठ नेता बालेन साहप्रति टिप्पणी गरेका छन् ।
ओलीले उक्त क्षेत्रमा बालेन साह उम्मेदवारका रूपमा मात्र सीमित रहने दाबी गरेका छन् ।
झापा-५ मा आयोजित युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक नेतृत्वका लागि स्पष्ट दृष्टिकोण आवश्यक हुने उल्लेख गरे । उनले आफूले नयाँ भएको दाबी मात्र पर्याप्त नहुने भन्दै विचार, नीति र योजनाबिनाको राजनीतिले परिणाम नदिने धारणा राखे ।
भेलामा सम्बोधनका क्रममा ओलीले बालेन साहसँग दीर्घकालीन सोच र स्पष्ट कार्ययोजना नभएको आरोप पनि लगाए। उनले विकास र पूर्वाधार निर्माणमा आफ्नो भूमिकाको चर्चा गर्दै व्यक्तिगत उदाहरणसमेत प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया