काठमाडौं । नेपाली क्रिकेटर रुबिना क्षेत्रीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेकी छिन् । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा ३७ रन बनाउँदै ३२ वर्षीया क्षेत्रीले यो उपलब्धि हासिल गरेकी हुन् ।
रुबिना क्षेत्रीले ८१ खेलमा १ हजार ५ रन बनाएकी छिन् । रुबिना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली महिला क्रिकेटर हुन् । यसअघि कप्तान इन्दु बर्माले १ हजार रन पूरा गरेकी थिइन् ।
यसैबीच महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो ।


प्रतिक्रिया