काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । सभापति गगन थापाले शुक्रबार (माघ ९)देखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएपछि उनले राजीनामा दिएका हुन् ।
०७२ सालमा पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए ।
उनले सभापति थापा वा अरू कसैले राजीनामा मागेको नभई आफूले स्वविवेकले पद छाडेको बताए । गएको पुस ३० गते विशेष महाधिवेशनबाट थापा सभापति बनेका हुन् ।


प्रतिक्रिया