काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले चाहेको खण्डमा आज उमेदवारी फिर्ता लिन सक्नेछन् । दिउँसो १ बजेसम्म नाम फिर्ता लिनसक्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
आज दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ । आजै अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, ३९६ महिला तथा अन्य एक जना रहेका छन् ।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदै छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ सदस्य निर्वाचित संवैधानिक व्यवस्था छ ।


प्रतिक्रिया