तनहुँ–२ मा उज्यालोका गुरुङले लिए उमेदवारी फिर्ता

तनहुँ–२ मा उज्यालोका गुरुङले लिए उमेदवारी फिर्ता



तनहुँ । तनहुँ क्षेत्र नम्बर–२ मा उज्यालो नेपाल पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएका मनराज गुरुङले उमेदवारी फिर्ता लिएका छन् ।

शुक्रबार उनले निर्वाचन अधिकृतकको कार्यालयमा उमेदवारी फिर्ताको निवेदन दिएका थिए । उनको नाम उमेदवारी सूचीबाट हटाइएको निर्वाचन अधिकृतको कार्यलयद्वारा जारी सूचनामा उल्लेख छ ।

तनहुँ–२ मा १२ जनाले उमेदवारी दर्ता गराएका थिए । मनराजले फिर्ता लिएसँगै अब ११ जना चुनावी मैदानमा हुनेछन् ।