पर्सा क्षेत्र नम्बर–२ का स्वतन्त्र उम्मेदवार साहले फिर्ता लिए उम्मेदवारी

पर्सा क्षेत्र नम्बर–२ का स्वतन्त्र उम्मेदवार साहले फिर्ता लिए उम्मेदवारी



वीरगन्ज । पर्सा क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार राजेश्वर साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आज स्वतन्त्र उम्मेदवार साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्ता लिने समयावधिभित्र स्वतन्त्र उम्मेदवार साहले निवेदन दिएर आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मधुसूदन आचार्यले बताए ।

उम्मेदवारी फिर्ता लिएका स्वतन्त्र उम्मेदवार साहले आफू कांग्रेस समर्थक रहेको र समन्वय नहुँदा उम्मेदवारी दिएको बताउँदै अब कांग्रेसका आधिकारिक उम्मेदवारलाई सघाउने बताएका छन् ।